
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ ।
प्रतितोला ६ सय रुपैयाँ बढ्दा सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ ।
सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।
यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सुनको भन्सार दर २० प्रतिशत थियो । हाल भन्सार दर १० प्रतिशत छ ।
अन्तर्राष्ट्रिय बजारमा नयाँ मूल्य निरन्तर बढिरहेको छ ।

























