गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन तालिम

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १, बिहीबार १२:४६

विराटनगर । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मातहतका सम्पूर्ण शाखा प्रमुख, क्लष्टर प्रमुख तथा प्रदेश प्रमुखहरूलाई लक्षित गरी ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम दिएको छ ।

साथै, संस्थाको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रमसमेत सकिएको छ । संस्थाले देशभर ४ चरणमा तालिम सम्पन्न गरेको हो। कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको बर्दिबास, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका शाखाहरूका लागि कोहलपुर तथा बागमती र गण्डकी प्रदेशका लागि धुलिखेलमा तालिम सम्पन्न गरिएको छ।

अन्तिम चरणको तालिम धुलिखेलमा भएको थियो । त्यससँगै दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । तालिममा संस्थाका २ सय २५ वटा शाखाका प्रमुख, २५ वटा क्लष्टरका प्रमुख तथा सबै प्रदेशका प्रमुखहरू सहभागी भएका थिए। चारवटै कार्यक्रमहरूमा बरिष्ठ प्रशिक्षक तथा लघुवित्तकर्मी प्रकाश राज शर्माले प्रशिक्षकको भूमिका निर्वाह गरे ।

तालिम तथा समीक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन चार चरणका कार्यक्रमहरुमा संस्थाका संचालकहरु, अध्यक्ष तथा पूर्वअध्यक्षहरु, प्रमुख कार्यकारी अधिकृत, नायब कार्यकारी प्रमुख, सहायक कार्यकारी प्रमुख तथा विभागीय प्रमुखहरू समेतको उपस्थिति रहेको थियो ।

संस्थाले लेखापरीक्षण तथा अनुगमनमा संलग्न कर्मचारीहरूका लागि विराटनगरमा ‘लेखापरीक्षण सम्बन्धी विशेष तालिम’ समेत सम्पन्न गरेको छ। संस्थाले आगामी दिनमा फिल्ड कर्मचारीहरू तथा ग्राहक सदस्यहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू चरणबद्ध रुपमा सञ्चालन गरिँदै जाने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी दिए । नेरूडे मिर्मिरे लघुवित्तको केन्द्री कार्यालय यकाभ्रेपलाञ्चोकको बनेपामा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.