
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मूल्य बढेसँगै सुन प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँ भएको छ । आज तोलामा मूल्य ४ सय रूपैयाँ बढेको हो ।
सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँ थियो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।
प्रतितोला ५ रूपैयाँ मूल्य बढेको हो । भाउ बढेर चाँदी तोलाको १ हजार ९ सय ७० रूपैयाँ पुगेको छ । बिहीबार १ हजार ९ सय ६५ थियो ।

























