
विराटनगर– विराटनगरमा भेष्पा र एप्रिलियाका ब्रान्डका स्कुटरको सोरुम पुनः सञ्चालनमा आएको छ ।
गौरव अटो सेन्टरले विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को सोरुम सञ्चालनमा ल्याएका हो । एक कार्यक्रमका बीच कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले उद्घाटन गरे ।
दुई पांग्रे सवारीसाधनमा नाम कमाएको भेष्पा र एप्रिलिया स्कुटरको विराटनगरमा रहेको सोरुम बन्द भएको थियो । विराटनगरमा सोरुम बन्द भएपछि ग्राहकहरू सेवा लिन इटहरी जान बाध्य भएका थिए ।
ग्राहकहरूको समस्यालाई ध्यानमा राख्दै गौरव अटोले आधुनिक सर्भिस सेन्टरसहित बिक्री कक्ष विराटनगरमा सञ्चालनमा ल्याएको हो ।

























