
काठमाडौं । साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंक बढेको छ । दोहोरो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९८ पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ९२ करोडको कारोबार भएको थियो । आज ९ अर्ब ४७ करोड कारोबार भएको हो ।
आज १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो ।
फाइनान्स सेक्टर ४.९४ प्रतिशतले बढेको छ । बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत बढे । निर्जीवन बीमा १.२८ प्रतिशत घट्यो ।

























