
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । यद्यपि, चाँदीको मूल्य भने यथावत छ ।
छापावाल सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४ रूपैयाँ पुगेको छ ।
सुनको मूल्य सोमबार तोलाको १ लाख ६८ हजार ७ सय रूपैयाँ थियो । केही दिनयता सुनको मूल्यमा उतारचढाउ भइरहेको छ । कहिले बढ्ने र कहिले घट्ने भइरहेको हो ।
तर, चाँदीको मूल्य भने यथावत छ । नेपाली बजारमा चाँदी तोलाको १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार पनि यही मूल्यमा किनबेच भएको थियो ।

























