
विराटनगर । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ताेलामा ११ सय रूपैयाँ बढेको हाे ।
मंगलबार १ लाख ६९ हजार ४०० रुपैयाँमा काराेबार भएको थियाे । आज ११०० रुपैयाँ बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























