
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । तोलामा १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यमा यसअघि कात्तिक १५ गते कारोबार भएको थियो ।
त्यसबेला सुनको भन्सार दर २० प्रतिशत थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाएपछि मंसिर १० गते घटेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । बिहीबार थप ५ सय बढेकाे हाे ।
आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

























