
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा ३ सय रुपैयाँ वृद्धि भएको छ ।
शुक्रबार प्रति तोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

























