
विराटनगर । अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम एस्थेटिक्ससहित निसान म्याग्नाइटको ४ वटा नयाँ मोडलका गाडी विराटनगरमा सार्वजनिक गरिएको छ ।
निसान गाडीको नेपालका लागि आधिकारी बिक्रेता सारडा ग्रुपको पायोनियर मोटोकर्पले सोमबार (आज) विराटनगरमा एक कार्यक्रमकाबीच निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो ।
सारडा ग्रुपका निर्देशक प्रदीपकुमार सारडा, पायोनियर मोटोकर्प विराटनगर शाखाका प्रमुख अमित अग्रवालले संयुक्त रुपमा गाडी सार्वजनिक गरे । त्यस अवसरमा विभिन्न बैंकका प्रतिनिधि, ग्राहकलगायतको उपस्थिति रहेको थियो ।
नयाँ म्याग्नाइटको बजार मूल्य ३४ लाख ७५ हजारदेखि ५२ लाख ९९ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । नयाँ म्याग्नाइट ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषता र अत्याधुनिक प्रविधिसहित उत्कृष्ट मूल्य कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्ने बताइएको छ ।
म्याग्नाइटका ४ वटा नयाँ मोडलहरुमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन–कनेक्टा’ र ‘टेक्ना–प्लस’ रहेका छन् । नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’ उपलब्ध छ । जसमा ‘टर्बाे–पेट्रोल’ र ‘नेचुरल्ली एस्पिरेटेड इञ्जिन’ सहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन् ।
नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी ‘स्ट्यान्डर्ड’ सुरक्षा विशेषता र कूल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड रहेको छ ।
यसको ‘हाइ–टेन्साइल स्टील केज बडी’ र ‘इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ ।
यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा र २ कर्टेन एयरब्याग) उपलब्ध रहेको विराटनगरका प्रमुख अग्रवालले जानकारी दिए ।
उनले निसान म्याग्नाइटले सेगमेन्टमा पहिलो र श्रेणी–उत्कृष्ट नवप्रवर्तनको नेतृत्व गर्दै उत्साहजनक र प्रविधिमैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्ने बताए ।
६० मिटर दायरा भएको ‘रिमोट इन्जिन स्टार्ट’ले थप सहजता दिन्छ । यसमा रहेको ‘प्रिमियम इन्टेलिजेन्ट कि (आइ–कि)ले गाडी छोडेर हिँड्दा स्वतः लक हुने र नजिकिँदा अनलक हुने सुविधा रहेको छ ।
साथै, स्वचालित हेडल्याम्पजस्ता विशेषताहरूले गाडीलाई अझ आधुनिक र आकर्षक बनाएको अग्रवालले बताए ।

























