
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का एक जना नेतालाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ ।
गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङजाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरी अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

























