घरपूजामा किशोरको हत्या, १ जना घाइते

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार १६:४६

कालीकोट । घरपूजामा पुगेका १ जना किशोरको हत्या भएको छ । १ जनालाई घाइते बनाएर छाडिएको छ ।

कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा तिलागुफा नगरपालिका–७ छाप्रे घर भएका १७ वर्षीय राजेश शाहीको हत्या भएको प्रहरीले जनाएको छ । चौकीमा हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न उनी बुधबार राति पुगेका थिए ।

उक्त पूजामा पुगेका युवाहरुबीच विवाद भएको थियो । विवाद उग्र भएर दोहोरो झडप हुँदा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । झगडाका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोहोरो झडपमा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । घटनास्थल सदरमुकाम मान्मबाट ३५ किलोमिटर टाढा पर्छ । कालीकोट प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु १८ वर्षमुनिका छन् । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम लगिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी रावतले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.