सशस्त्रका सईलाई लाग्यो बालिका बलात्कारको आरोप, स्थानीय आन्दोलित

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार १३:४८
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ

विराटनगर । महोत्तरीको पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।

सई सिंह महोत्तरीको लोहारपट्टी नगरपालिका–४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।

आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । तोडफोडको प्रयास गरेपछि स्थानीय र प्रहरीबीच झडपको सम्भावना बढेको स्थानीय बताउँछन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बालिकामाथि दुव्र्यवहार भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.