
विराटनगर । विराटनगरमा बाख्राको मासु राखेर खसीको मासु भन्दै बेच्ने गरेको पाइएको छ ।
अत्याधिक मासु बिक्री हुने होलीको समयमा खसीको मासु भन्दै बाख्राको मासु बेचेको उपभोक्ताबाट गुनासो आएपछि शुक्रबार महानगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विराटनगर महानगरपालिका – ६ सरोचियामा रहेको नौसाद फ्रेस हाउसमा बाख्राको मासु बेचेको भेटिएको विराटनगर महानगरपालिका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
उनकाअनुसार मासु जफत गरी फिनेल लगाएर नष्ट गरिएको छ भने मासु पसल सञ्चालक विरुद्ध कारबाही प्रकृया अघि बढाईको छ ।


















