
जनकपुरधाम । होली खेल्ने क्रममा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्हीका १९ वर्षीय आँसु यादवको मृत्यु भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार होली खेल्ने क्रममा विवाद हुँदा उनीमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते यादवको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
छुरा प्रहार गरेको आरोपमा प्रहरीले २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ ।

























