उदयपुरका युवा विराटनगरबाट पक्राउ, ११ ग्राम खैरो हेरोइन बरामद

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १९:५१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । उदयपुर घर भएका १ जना युवालाई प्रहरीले आइतबार दिउँसो विराटनगरबाट पक्राउ गरेको छ ।

भारतको जोगवनी पुगेर आएका उदयपुरको बेलका नगरपालिका–२ घर भएका २० वर्षीय सुजन खड्कालाई प्रहरीले दिउँसो ३ः३० बजेतिर पक्राउ गरेको हो । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतको जोगवनीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लिएर आउँदै गर्दा खड्का पक्राउ परेका हुन् । उनको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु ११.०४ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

खड्कालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.