जंगलमा आगो लगाउने दाजुभाइ पक्राउ

Share this
620shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार ०८:४५

विराटनगर । एउटै ठाउँको अलगअलग जंगलमा आगो लगाउने दाजुभाइ पक्राउ परेका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रहेको सामुदायिक वनमा आगो लगाएको घटनामा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक छन् ।

दाजुभाइले दोरम्बा शैलुङ–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालीगुँरास सामुदायिक वनमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रामेछाप प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार सामुदायिक वनमा आगो लगाएर भागेको सूचना आएलगत्तै खोजतलास गरेर दाजुभाइलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको न्यौपानेले बताए । गत शुक्रबार वनमा लागेको आगो पूरै फैलिएको छ ।
वन क्षेत्रमा ठूलो क्षति पुर्याएको आगो हालसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.