आईजीपीको दौडमा ३ जना, दीपक थापा पहिलो नम्बरमा

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार ०९:२३

काठमाडौं । नेपाल प्रहरीले अबको केही समयमै नयाँ प्रमुख पाउँदैछ । नेपाल प्रहरीको नयाँ आईजीपी (प्रहरी महानिरीक्षक)को दौडमा ३ जना रहेका छन् ।

एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)हरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धामा रहेका हुन् । प्रहरी संगठनको प्रमुख बन्न उनीहरु कम्मर कसेर लागेका छन् । राजनैतिक नेतृत्वदेखि उच्च ओहोदाकालाई रिझाएर आईजीपी बन्न तीनै जनाले चलखेल गरिरहेको स्रोतले बतायो ।

यद्यपि, एआईजी दीपक थापा पहिलो नम्बरमा छन् । नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर आज (सोमबार) रातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । उनले अवकाश पाएसँगै प्रहरीले ३१ औं आईजीपी पाउने छ ।

नयाँ आईजीपी को हुन्छ भन्ने आमचासोको विषय बनेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले वरीयता नमिचिकन कुँवरलाई आईजीपी बनाएको थियो । उनी वरीयताको पहिलो नम्बरमा थिए ।

उनी ३० बर्से सेवा अवधिका कारण अवकाशमा जाने भए पनि सरकारले हालसम्म नयाँ आईजीपी नियुक्तिको प्रक्रिया अघि बढाएको छैन । अहिलेको सरकारले पनि वरीयता नमिच्ने र ‘मेरिट’ अनुसार नियुक्ति गर्ने हो भने दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी बन्ने छन् ।

आईजीपीको दौडमा रहेका थापा पहिलो, गिरी दोस्रो र तामाङ तेस्रो वरीयतामा छन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयको प्रमुख छन् ।

तीनै जना २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । थापा २०७९ चैत ६ गते एआईजीमा बढुवा भएका थिए । आईजीपी कुँवर र थापा सँगै एआईजीमा बढुवा भएका हुन् ।

गिरी र तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए । थापाभन्दा उनीहरुको बढुवा १८ दिन ढिला भयो । प्रतिस्पर्धीभन्दा पहिले नै एआईजी भएकाले आईजीपीमा थापाको सम्भावना उच्च रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार सरकार र उच्च राजनीतिक नेतृत्वबीच थापाको नाममा मोटामोटी सहमति भइसकेको छ । थापाले आइतबार सरकार र राजनीतिक तहको उच्चस्तरीय भेटघाट समेत गरिसकेको बताइन्छ । विद्यमान प्रहरी ऐन कायम रहेमा अब बन्ने नयाँ आईजीपीको कार्यकाल करिब ६ महिनाको हुनेछ ।

स्रोतका अनुसार आईजीपीको नियुक्तिबारे निर्णय लिन सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्छ ।

२०७९ चैत १० गते आईजीपी भएका कुँवरसँगै ९ जना प्रहरी अधिकारी एकैपटक अवकाशमा जाँदैछन् । एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक)हरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत ३० बर्से सेवा अवधि पूरा गरेर अवकाशमा जाने छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.