लागुऔषध गाँजा ५ सय केजीसहित १ जना पक्राउ 

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार १४:१८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । महोत्तरीको बर्दिबासबाट ठूलो परिमाणमा लागुऔधष गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भइ काठमाडौं टोखामा डेरा गरी बस्ने  ३७ वर्षीय सलिन मगरलाई लागुऔषध गाँजासहित आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित सडकबाट लागुऔषध गाँजा ५ सय ४७ केजीसहित मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको मिनी ट्रकलाई शंका लागी जाँच गर्दा ट्रकको माथि टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपेर लुकाएर ल्याउँदै गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासको टोलीले गाँजा बरामद गरेको हो । पक्राउ परेका मगर ट्रक चालक हुन् ।

लागुऔषध गाँजा ट्रकमा भेटिएपछि प्रहरीले चालक मगर र गाँजासहित ट्रक नियन्त्रण लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.