अंग्रेजीको परीक्षा सुरु भएको १ घण्टा नहुँदै प्रश्नपत्र बाहिरियो 

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १२:२६

काठमाडौं । एसइई परीक्षाको बिहीबार (आज) पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको १ घण्टा नबित्दै जनकपुरमा बाहिरिएको छ । 

जनकपुरमा एसइई परीक्षा सुरु भएको १ घण्टा नबित्दै प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमा सार्वजनिक भएको छ ।

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र बाहिरिएको भनिए पनि कुन केन्द्रबाट बाहिरिएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन ।

केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ । यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रश्नपत्र बाहिरिएको आफूलाई जानकारी नरहेको जानकारी दिएका छन् ।

उनले आफूसहित परीक्षा अनुगमन समितिका पदाधिकारीहरु थुप्रै केन्द्रमा पुग्दा मर्यादित रुपमा परीक्षा भइरहेको बताए ।

अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.