श्रीमतीको जोडबलमा ससुराली हिँडेका युवकको शव बीभत्स अवस्थामा भेटियाे

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार ११:४३

काठमाडौं । श्रीमती र १० महिने छोरासँगै ससुराली हिँडेका धनुषाका एक युवकको शव बीभत्स अवस्थामा फेला परेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको शव बीभत्स अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार शिवको शव गौशाला नगरपालिका– ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको हो । बिहीबार दिउँसो घरबाट ससुराली हिडेका उनको शव शुक्रबार भेटिएको थियो । शनिबार मात्रै उनको सनाखत भयो ।

महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ ।

शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए । मृतकका भाइ राम महतोका अनुसार महेन्द्रनगरसम्म पुगेपछि सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् ।

उनका अनुसार शिवशंकर ससुराली जान मानिरहेका थिएनन् । श्रीमतीले जोडबल गरेपछि उनी ससुराली गएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.