लागुऔषधसहित चार जना पक्राउ

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार ११:५४
फाइल फोटो

विराटनगर । प्रहरीले झापा, मोरङ र उदयपुरबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका– १ भन्सार चोकबाट भारतको किसानगन्ज– २ का २३ वर्षीय सलमलाई ४ ग्राम ५५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका– १५ बाट २ ग्राम ४७ मिलिग्राम ब्राउनसुगरसहित केराबारी गाउँपालिका– ७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका – १ खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.