शिवशंकर हत्या प्रकरण : अनुसन्धानका लागि श्रीमती पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार १३:११
नाबालिकाको डिम्ब तस्करी गरेको आरोपमा ब्युटिसियन पक्राउ 

काठमाडौं । धनुषाका युवकको महोत्तरीमा वीभत्स हत्या भएको घटनामा प्रहरीले मृतककै श्रीमतीलाई पक्राउ गरेको छ ।  धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या अनुसन्धानका लागि उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी हुन् ।

सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका– ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा उनको शव फेला परेको थियो ।

प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जनासँग ससुराली जाँदै थिए । ससुराली नपुगी उनको हत्या भएको हो । डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.