लागुऔषधसहित ५ जना पक्राउ

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार १२:३१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको मेची बिट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले इलामको माई नगरपालिका –५ का ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड –५ का २३ वर्षीय राजीव चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भद्रपुर नगरपालिका –५ मा चेकजाँचको क्रममा मे ६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषध ब्राउनसुगर ९ ग्राम १ मिलिग्रामसहित पक्राउ गरेको हो । 

त्यस्तै, विराटनगरको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोली बेलबारी –११ का २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

विराटनगर –१७ हुँदै विराटनगरतर्फ आउँदै गरेको को २९ प ६४२७ नम्बरको मोटरसाइकललाई शंका लागी चेक गर्ने क्रममा उनीहरूको साथबाट ६ ग्राम १२ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरानका २४ वर्षीय अफ्रोज सिद्धिकीलाई प्रतिबन्धित औषधि ट्रामाडोल १ सय २० क्याप्सुल र १ सउ २० ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.