तीनकुने घटना : २ जनाको मृत्यु, ८८ जना घाइते, ५१ जना पक्राउ

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार ०६:२४

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा परेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १ जना पत्रकार र १ जना सर्वसाधारण छन् । घटनामा परेर ८८ जना घाइते भएका छन् । घाइते हुनेमा २२ जना सशस्त्र र ३१ जना नेपाल प्रहरी तथा ३५ जना प्रदर्शनकारी रहेका छन् ।

तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्ममा पक्राउ पर्नेको संख्या ५१ रहेको हो ।

पक्राउ पर्नेमा राप्रपा नेताहरु पनि छन् । अपराधिक घटनामा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ । अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकालाई पक्राउ गरिएको एसपी बोहराले बताए ।

प्रहरीका अनुसार सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड गरिएको छ । विभिन्न व्यापारिक भवनमा पनि तोडफोड र आगजनी गरिएको छ ।

उत्तेजक बनेको भिडले सर्वसाधारणको घरमा आगजनीसमेत गरेको छ । विभिन्न १४ स्थानमा आगजनी भएको प्रहरीले जनाएको छ । ९ वटा संस्था तथा कार्यालयमा तोडफोड गरिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.