राजावादीको अराजकतामा राप्रपाको समर्थन, मिश्र र राणालाई छाड्न अल्टिमेटम

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार १९:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजावादीको अराजक प्रदर्शन र पत्रकार मारिएको घटनामा राजावादीकै पक्षमा उभिएकाे छ ।

शुक्रबार काठमाडौंको तीनकुनेबाट सुरु भएको राजावादीको अराजक प्रदर्शनका क्रममा प्रदर्शनकारीले  व्यक्तीको घरमा आगो लगाउँदा रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मारिएका थिए । सोही घटनामा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

राजावादीले पत्रकारलाई थुनेर आगो लगाएपछि विभिन्न स्थानमा आगजनी, तोडफोड र लुटपाट मच्चाएका थिए । राजतन्त्र पक्षले अराजक र अमानवीय गतिविधी गर्दा राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपा राजावादी कै पक्षमा उभिएकाे हाे ।

राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आन्दोलन भड्किनुमा सरकार दोषी रहेको बताएका हुन् ।

तीनकुनेमा राजावादीको आन्दोलन भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा शुक्रबार नै पक्राउ परेका थिए ।

राप्रपाले २४ घण्टाभित्र उनीहरुलाई रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । उपाध्यक्ष र महासचिवलाई रिहा नगरे देशभर विरोधका कार्यक्रम गर्ने लिङदेनले चेतावनी दिए ।

पक्राउ परेका नेता मिश्र र राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनकाे दाबी छ । शुक्रबार मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन राप्रपाले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.