तीनकुने घटना बारे कांग्रेस : ‘पूर्वराजाले जिम्मेवारी लिनुपर्छ’

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार १९:४८

काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको अराजक प्रदर्शनको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको सत्तारुढ नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेसले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको पनि बताएको छ ।

राजावादीहरूको पूर्वयोजना अनुसार नै निजी र सार्वजनिक सम्पत्तिमा क्षति आक्रमण गरेको कांग्रेस प्रक्ता प्रकाशशरण महतले बताए । शनिबारको बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए ।

‘निजी घर, व्यसायीक घर, मिडिया हाउसमा तोडफोड गरियो, त्यसको कांग्रेसले भर्त्सना गरेको छ,’प्रवक्ता महतले भने,‘निरंकुश शासन लाद्‍ने मनसायका साथ यो घटना घटाइएको छ। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’

तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.