मोरङको रतुवामाईमा सम्पत्तिका लागि नातामै छुटाइए दाजु, वडाध्यक्षले गरे किर्ते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र १८, सोमबार ०८:३०

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएका छन् ।

वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको हो । स्वः रुस्तम अली मियाँका ३ जना छोरा थिए । सम्पत्ति बाँडफाँट गर्दा एउटा छोराका सन्तानलाई छुटाएर २ छोराको परिवारले मात्रै सम्पत्ति उपभोग गर्न पाउनेगरी नाता प्रमाणित गरिदिएको पाइएको छ ।

Advertisement

रतुवामाई– ५ गोविन्दपुरका मियाँले मोहीबापत मनमाया मैनालीबाट ४ बिघा जग्गा पाएका थिए । उनका ३ छोरा हुन् । मियाँसहित २ छोराको मृत्यु भइसकेको छ । वडाध्यक्ष कार्कीले रुस्तमका २ छोरा मुहम्मद नवाब उदिन मियाँ र स्वः इरफान अली मियाँ मात्रै रहेको भनेर २०८० पुस २४ गते नाता प्रमाणित गरिदिएको फेला परेको छ ।

सोही नाता प्रमाणितका आधारमा रुस्तमका २ सन्तानले मात्रै मोहियानी हकबापतको जग्गा पाएका छन् । वडाध्यक्षले २ जनालाई मात्रै छोरा करार गर्दा रुस्तमका जेठा छोरा स्वः नाजीमुदिन मियाँको परिवारले अंश नै पाएन ।

नाजीमुदिनका नाति महम्मद अलन्जिरका अनुसार वडाध्यक्षको मिलेमतोमा उनको पुस्तालाई नै अंशबाट बञ्चित गरिएको छ । नाजीमुदिनको मृत्यु २०७६ असार २७ गते भएको थियो । नाजीमुदिनका सन्तानलाई अंशबाट वञ्चित गर्नेगरी वडाले कागजात दिएको नाति अलन्जिरले बताए ।

‘वडा कार्यालयले कसरी सर्जमिन गरेर नाता प्रमाणित गर्याे थाहा भएन । हाम्रो परिवारलाई नै अगल बनाइदियो । वडाले मिलेमतोमा गर्याेजस्तो लाग्छ,’ अलन्जिरले भने । उनका अनुसार वडाध्यक्ष कार्कीलाई रुस्तम अलीका ३ छोरा भएको जानकारी थियो ।

तर, उनले २ छोरा मात्रै भएको प्रमाणपत्र दिए । जसका कारण परिवार समस्यामा परेको अलन्जिरले बताए । मोहीबापत पाएको जग्गा महँगोमध्येमा पर्छ । वडाध्यक्षका कारण एउटा छोराको परिवार सम्पत्तिको हकबाट अलग भएपछि न्यायका लागि त्यो परिवार धाइरहेको छ ।

गोविन्दपुरकी मनमाया मैनालीको नाममा रहेको ९ बिघा ४ कट्ठा जग्गामा रुस्तम अली मियाँको मोहियानी हक थियो । मृत्युपछि उनले ४ बिघा ४ कट्ठा १८ धुर मोहियानी जग्गा पाए । मोहियानी लगत अनुसार वडा कार्यालयले पत्र पठाएपछि भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरले गत वर्ष फागुन रुस्तमको भागमा परेको जग्गा उनका २ छोराको नाममा कित्ताकाट गरिदिएको थियो ।

रतुवामाई– ५ का वडाध्यक्ष कार्की नाताप्रमाणित गर्दा कमजोरी भएको बताउँछन् । सर्जमिनका लागि जाँदा एउटा छोराको परिवार जीवित नरहेको भन्दै २ छोराको परिवारले ढाँटेको उनले बताए । ‘सर्जमिनका लागि जाँदा उनीहरुले ढाँटे । आफन्त छैनन्, मरेर गइसके भनेपछि २ जना छोरा रहेको नाता प्रमाणित भयो । अर्काे पक्ष आएपछि मैले कानुनी रुपमा जानु भन्ने सल्लाह दिएको छु,’ वडाध्यक्ष कार्कीले भने ।

वडा कार्यालयबाट सर्जमिन गर्दा कमजोरी भएको बताउँदै उनले भने, ‘उहाँहरु कानुनी प्रक्रियामा जानु भयो भने सहयोग गर्छु ।’ कार्कीका अनुसार अंश पाउने परिवार र अंश पाउन छुटेको परिवारबीच गतवर्ष विवाद भएपछि सर्जमिनमा नाम छुटेको विषय बाहिर आएको थियो ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश : समानुपातिक तर्फ पनि रास्वपा पहिलाे, नेकपाले कटाएन १ लाख
विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु
काेशीमा रास्वपा र श्रम संस्कृतिको उदयले भत्कियाे पुराना दलको किल्ला
 अरनिको कलेजका विद्यार्थीलाई ‘एआई’ को ज्ञान: पढाइसँगै प्रविधिमा पनि अब्बल बन्दै नयाँ पुस्ता
अरनिको कलेजका विद्यार्थीलाई ‘एआई’ को ज्ञान: पढाइसँगै प्रविधिमा पनि अब्बल बन्दै नयाँ पुस्ता
सुनसरीबाट समानुपातिकमा रास्वपालाई धेरै मत
सेयर बजार : साढे ७ महिनायताकै उच्च २१ अर्ब ५० करोडको कारोबार
ग्यासमा कृत्रिम अभाव र चर्को मूल्य लिनेलाई कारबाही गर्न महासंघको माग
चैत पहिलो साताभित्र राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी
पूर्वी पहाडमा रास्वपा कमजोर, ओखलढुंगाबाट विश्वराजले बचाए साख
भारतमा एलपीजी ग्यासको संकट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.