
विराटनगर । विराटनगरमा सोमबार साँझ अटो टेम्पो र ई–रिक्सा ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
रोडशेषबाट तालिम केन्द्र चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ ह ९५९१ नम्बरको आटो र विपरीत दिशाबाट आउँदै गरेको विराटनगर १ ह १२७५ नम्बरको ई–रिक्सा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । विराटनगर महानगरपालिका–१३ स्थित आरा मिलअगाडि साँझ ५ः२० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक विराटनगर–१५ का ४२ वर्षीय भोला मलाह, अटोमा सवार विराटनगर–१३ का २८ वर्षीय अविनाश पोदार, सुनसरीको धरान उपमहानगरपािलका–१० की ३३ वर्षीया पुनम पोदार र विराटनगर–८ का ३५ वर्षीय रवीन्द्र राजक घाइते भएका छन् ।
त्यस्तै, ई–रिक्सा चालक विराटनगर–१५ का २४ वर्षीय सुनील सुनुवार, ई–रिक्सामा सवार विराटनगर–१६ की २५ वर्षीया रिना कामत, ५५ वर्षीय गंगा कामत र विराटनगर–१५ की २२ वर्षीया सुनु सुनुवार घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य अवस्थाका घाइतेहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























