भारतीय पर्यटकका लागि कोशीमा नयाँ नियम, नाकामा मात्रै चेकजाँच

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २६, मंगलबार २०:३४

विराटनगर । पर्यटन वर्ष २०८२ घोषणा गरेको कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि स्टिकर टास्ने योजना अघि सारेको छ । पर्यटकका सवारीमा सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी स्टिकर टास्ने योजना ल्याइएको हो ।

नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टास गरेपछि पर्यटक बस र भारतीय सवारीलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिने छैन । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को अवसरमा यो अभियान घोषणा गरेको हो । यसरी बाँडिने स्टिकरमा ‘कोशी प्रदेश  पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार भारतीय पर्यटकको सहजताका लागि विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर सुरक्षा जाँचपछि स्टिकर वितरण गरिने छ । नाकामा सुरक्षा जाँचपछि टाँसिने स्टिकर सुन्तले रङको हुनेछ । स्टिकरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोशी प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर राखिएको छ ।

स्टिकरमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, सवारी चालकको नाम, गाडीमा  सवार यात्रु संख्या, प्रवेश नाका, बाहिरिने नाका र नेपालमा बस्ने समयावधि उल्लेख गरिएको छ । नाकामा १ पटक विवरण उल्लेख गरेको सवारीलाई प्रदेशका अन्य क्षेत्रमा चेकजाँच हुँदैन ।

यसअघि भारतीय पर्यटकले नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका थिए । पर्यटन वर्ष मनाउने घोषणा गरेको सरकारले पर्यटक भित्र्याउनका लागि स्टिकर योजना लागू गरेको हो ।

पर्यटकको सुरक्षा जाँच र स्टिकर वितरणका लागि राखिने युनिटले पर्यटकलाई सहयोग गर्ने बताइएको छ । कोशी प्रदेश सरकारले मनाउने पर्यटन वर्ष, २०८२ को बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारा तय गरिएको पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना छ ।

कोशी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र, हलेसी, पाथीभरा र रामधुनीको विषेश प्रवर्धन गर्ने तयारी छ । कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा छन् । नयाँ विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र १६ वटा छन् ।

पर्यटन वर्षका आउने पर्यटकलाई सेवा दिन प्रदेशमा तारे स्तरका होटल १२ वटा र पर्यटकीयस्तरका होटल ३६ वटा छन् । अन्य साना होटल तथा होमस्टेहरु छन् । कोशी प्रदेशमा जम्मा १ सय ५ वटा होमस्टे रहेको मन्त्रालयको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.