पर्यटन क्षेत्र विकास गरी कोशीलाई नमुना बनाइनेछः मुख्यमन्त्री कार्की

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १५:२०

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ । गुराँसको राजधानी तेह्रथुमको तीनजुरे मिल्केमा आयोजित कार्यक्रममा पर्यटन वर्षको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए ।

प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत् राष्ट्रिय पुँजी निर्माण गरिने बताए ।

स्थानीय तहको सहकार्यमा पर्यटनको विकास गर्दै कोशी प्रदेशलाई नमुना प्रदेशको रुपमा लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्द्धन गरिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति, धर्म संस्कृतिको जगेर्ना र संरक्षणमा अघि बढ्ने बताए ।

पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताए ।

 

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.