कोशी पर्यटन वर्षले देशको अर्थतन्त्रलाई टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १६:२७

तेह्रथुम । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पु‍र्याउने दाबी गरेका छन् ।

तेह्रथुमको तीनजुरे मिल्केमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् । उनले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास प्रशंसनीय रहेको बताए ।

कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सकिने चर्चा गर्दै उनले यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलतालाई कम गर्न सकिने मन्त्री सिंहको भनाइ थियो । मुलुक संघीयतामा गएपछि आम रुपमा जीवनस्तर वृद्धि भएको दाबी पनि उनले गरे ।

२०४६ साल यताको विकाससम्बन्धी तथ्य तथ्याङ्क हेर्दा उक्त कुरा प्रष्ट हुने मन्त्री सिंहले बताए । कतिपयले विकास नै नभएको भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.