मोरङको केराबारीबाट काठमाडौं गइरहेको कार दुर्घटना, ४ जना घाइते

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १७:०८

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा बुधबार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङको केराबारीबाट काठमाडौं जाँदै गरेको बीएबी ५४९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक मोरङको केराबारी गाउँपालिका–८ का ४७ वर्षीय विनोद भट्टराई, उनका छोरा ११ वर्षीय सम्पन भट्टराई, श्रीमती ४२ वर्षीया रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलका ४८ वर्षीय त्रिपुरा सत्याल घाइते भएका हुन् ।

घाइतेहरुको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी नायब निरीक्षक प्रमोद साहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.