तीनकुने घटनामा पक्राउ परेकालाई रिहा नगरिए सामूहिक गिरफ्तारी दिने चेतावनी

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १७:१३

काठमाडौँ । राजावादी समूहहरूले काठमाडौँको तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आगामी वैशाख २१ गतेभित्र रिहा नगरिए सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक अध्यक्ष जगमान गुरुङले आज (बुधबार) पत्रकार सम्मेलन गरी तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरूलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताए ।

उनले राजसंस्था स्थापनाका लागि विभिन्न कार्यक्रम समेत गर्ने जानकारी पनि दिए । राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शनका क्रममा तोडफोड, आक्रमण र आगजनी गरेका थिए । घटनामा दुई जनाको मृत्यु भएको थियो ।

घटनामा संलग्न ७५ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रदर्शनकारीले सरकारले नै घुसपैठ गराएर आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.