यस्तो छ आजको मौसम, विराटनगरसहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार ०६:३०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित मुलुकका विभिन्न स्थानमा आज (बिहीबार) बिहानैदेखि वर्षा भइरहेको छ ।

मेघगर्जन र चट्याङसहित हल्का एवं मध्यम वर्षा भइरहेको हो । पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेका बेला देशमा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत विभिन्न स्थानका पहाडी भू–भागका केही स्थानमा दिउँसो चट्याङहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने पूर्वानुमान गरिएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट देशव्यापी रहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ । प्रदूषण पनि कम भएर जाने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा चट्याङसहित वर्षा भइरहेकाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.