
इलाम । इलाममा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–७ जिरोमा को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर राति १०ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक इलाम नै घर भएका अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको हो ।
धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए । उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।
शव अस्पतालमै र ट्याक्टर घटनास्थलमै रहेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

























