
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।
बारमा मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार सार्वजनिक गरिएको छ । अन्तिम मतपरिणाम अनुसार डा. मिश्र निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमाथि २ हजार ४ सय ३१ मतान्तरले हाबी भए ।
मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठ २ हजार ६ सय २१ मतमा सीमित भएका छन् । निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।
मिश्र प्यानलकै कोइरालाले ४ हजार ८ सय ७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३ सय ६७ मतमा रोकिए ।
यस्तो छ अन्तिम मतपरिणाम


























