मोरङको सुनवर्षीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवा संघका सचिवको मृत्यु

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १२:२३

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना हुँदा राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव भूपेन्द्र कटुवालको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले कटुवाल सवार प्र १–०४–००१ प ४०११ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ६ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८ः३७ बजेतिर मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । सुनवर्षी–३ घर भएका कटुवाल राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव हुन् ।

साथै पत्रकारिता पनि गर्दै आएका थिए । पत्रकार किशोर विश्वकर्माका अनुसार कटुवालले सारथि स्टार नामक अनलाइन चलाउँदै आएका थिए । कटुवाल अन्य सञ्चारमाध्यममा समेत आबद्ध रहेको विश्वकर्माको भनाइ छ ।

दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सुनवर्षी–४ का २९ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । ट्याक्टर चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.