पत्रकार रजक मारिएको घटना निष्पक्ष छानबिन गर्न माग

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १२:५६

विराटनगर ।  पत्रकार सुरेश रजकको निर्मम हत्याको निष्पक्ष छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र मोरङ शाखाले राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयमा  ध्यानाकर्षण पत्र बुझाएका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार रजकमाथि आगो लगाई हत्या गरिएको महासंघले उल्लेख गरेको छ । साथै सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको भन्दै महासंघले प्रेस स्वतन्त्रता तथा मानव अधिकारका गम्भीर उल्लङ्घनको रूपमा घटनालाई उल्लेख गर्दै तत्काल छानबिनको माग गरेको छ ।

महासंघले ध्यानाकर्षण पत्रमार्फत दोषीहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र सञ्चारकर्मी तथा सञ्चारमाध्यमको सुरक्षाको प्रत्याभूति गर्न सरकारसमक्ष माग दोहोर्‍याएको छ ।

यसअघि महासंघको केन्द्रीय समिति, कोशी प्रदेश समिति र मोरङ शाखाले क्रमशः गृहमन्त्री, प्रदेश मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए । सरकारले मागप्रति बेवास्ता गरेकाले मानव अधिकार आयोगको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढा मगरले घटनाको सत्यतथ्य पत्ता लगाउन बलियो अनुसन्धान आवश्यक रहेको बताए । उनले बललास्टिक र फरेन्सिक विशेषज्ञहरूको सहयोगमा अनुसन्धान अगाडि बढाउने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.