‘परिवर्तन ल्याउने भन्दै सडकमा निस्किने, अनि रक्सी चोरेर हिँड्ने ?’

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १६:४२

दमक । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले परिवर्तन ल्याउँछु भनेर चैत १५ गते सडकमा निस्केकाहरूले रक्सीको बोतल चोरेको टिप्पणी गरेका छन् ।

झापाको दमकमा पार्टीद्वारा शनिवार आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

त्यस्ता अराजक गतिविधि अब सह्य नहुने उल्लेख गर्दै ओलीले भने, ‘देशमा परिवर्तन ल्याउँछ भनेर सडकमा निस्किने अनि पसलमा चोरी गरेर रक्सी बोकेर हिँड्ने ? अब यस्ता कार्य स्वीकार्य हुँदैन।’

राजनीति गर्नै नजान्नेहरूले देश चलाउन खोजेकाले देशले सही मार्ग नलिएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले एमालेको नेतृत्वमा जुनसुकै बेलाका सरकारले सुधार ल्याएको दाबी गरे ।

विगतमा ढुंगा हान्नेहरूले देश चलाउन थालेकाले देश उँभो नलागेको प्रधानमन्त्री ओलीको दाबी थियो । राजनीति अस्थिर भएपछि अनेक खालका मान्छे निस्किएको उनको भनाइ थियो ।

‘बैंक डुबाउनेहरू आए। ऋण नतिर्नेहरू आए । जनतालाई भड्काउनेहरू आए तर उनीहरूको तमासा पनि चैत १५ गते देखियो’ ओलीले भने ।

दमकमा एमालेको जागरण सभा (फोटो फिचर)

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.