
काठमाडौं । दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले पर्साको वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि कर्फ्यु आदेश जारी भएको हो ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई पक्षबीच झडप भएको थियो । स्थीतिलाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिले कर्फ्यु आदेश जारी गरेको हो ।
दुई पक्षको झडपका क्रममा केही पसलमा आगजनीसमेत भएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज साँझ साढे ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि वीरगञ्जको बजार क्षेत्रमा कर्फ्यु जारी भएको हो ।
पूर्वम वीरगंज महानगरपालिका–१५ को ा भेडियाही चौक, पश्चिममा वीरगंज महानगरपालिका– २५ को सिर्सिया पुल, उत्तरमा वीरगंज महागरपालिका– १४ को गण्डक चौक र दक्षिणमा वीरगंज महानगरपालिका– १६ को शंकराचार्य गेटसम्म कर्फ्यु जारी भएको हो ।


























