
झापा । झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर शनिबार १ जनाको मृत्यु भएको छ।
घरमा पानी तान्नलाई विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए। उनका अनुसार करेन्ट लागेर विश्वकर्मा गम्भीर घाइते भएका थिए ।
आफन्तले उपचारका लागि अस्पतालतर्फ लैजाँद्यै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी खड्काले घटनाको अनुसन्धान भइरहेको जनाए ।

























