
विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा सञ्जीव सिग्देल निर्वाचत भएका छन् ।
विराटनगरमा शनिबार भएको १७ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नरबहादुर भण्डारीलाई पराजित गर्दै सिग्देल निर्वाचित भएका हुन् ।
सिग्देलले १२६ मत प्राप्त गर्दा भण्डारीले ९९ मत प्राप्त गरेका थिए ।
संघको उपाध्यक्षमा अशोक पोद्दार, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल निर्वाचित भए । उनीहरु सिग्देल प्यानलका उम्मेदवार हुन् ।
सदस्यमा दिलिपकुमार धाडेवा, युवराज श्रेष्ठ, वीरबहादुर गिरी, दिनेश सिग्देल, ध्रुवप्रसाद काफ्ले, तुलसी पोखरेल र मेखबहादुर अधिकारी निर्वाचित भएका छन् । पदाधिकारी र सदस्यमा सबै सिग्देल प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् ।

























