सुनसरीमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार ०७:५१

विराटनगर । सुनसरीमा शनिबार साँझ म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । को १ ज ३६८० नम्बरको म्याजिक साँझ ५ः३५ बजेतिर झोक्राहा–नरसिंह गाउँपालिका–२ मा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै प्रकाशपुरबाट इनरुवातर्फ जाँदै गरेको म्याजिक आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा इनरुवा नगरपालिका–३ की ४२ वर्षीया अनिता लिम्बू, ३८ वर्षीया कल्पना पौडेल, उनका ४ वर्षीया छोरा श्रीऐन पौडेल, इटहरी उपमहानगरपालिका–१८ की ६३ वर्षीया केशमाया कार्की, रामधुनी नगरपालिका–१ का ७८ वर्षीय रतनबहादुर कार्की र ६२ वर्षीया मनकुमारी कार्की घाइते भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार घाइतेहरु सबैको अवस्थामा सामान्य छन् । घाइतेलाई उपचारका लागि सप्तकोशी न्युरो अस्पताल भोक्राहा–नरसिंहमा भर्ना गरिएको थियो ।

म्याजिक चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का ३० वर्षीय लालबहादुर विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी खतिवडाले दिए । उनका अनुसार यान्त्रिक गडबडीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.