
विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङले लागेर एकै परिवारका ४ जना घाइते भएका छन् ।
घाइतेहरु खतरामुक्त छन् । हावाहुरी तथा पानीसँगै सोमबार साँझ परेको चट्याङले कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, बुहारी बबिता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए ।
घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको जानकारी बस्नेतले दिए ।

























