इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार ०७:३३

विराटनगर । इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानाबारी भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो ।

इलामको दानाबारीबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालकलाई सोमबार अपरान्ह ४ः१० बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ । मोटरसाइकल र चालक बिर्तामोड नगरपालिका–४ का ३३ वर्षीय नकुल राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

घटनास्थल दानबारीबाट अन्दाजी ७ किलोमिटर पूर्वमा पर्छ । बच्चाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.