
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको वैशाख १७ गते बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्ति केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठकको आह्वान गरेको हो ।
वैशाख १७ गते बुधबार बिहान १० बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए ।

























