विराटनगरलाई विकास गर्ने योजना एमालेले ल्याउनुपर्छ : शेरधन राई

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार १८:४१

विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले) कोशी प्रदेश इन्चार्ज शेरधन राईले विराटनगरलाई विकास गर्ने योजना एमालेले ल्याउनुपर्ने बताएका छन् ।

विकास निर्माणमा विराटनगर १० वर्ष पछाडि परेको उनको भनाइ छ । विकास निर्माणमा पछि परेको विराटनगरलाई विकास गर्ने गरी एमालेले योजना अघि बढाउनुपर्ने राईले बताए ।

एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई मंगलबार सम्बोधन गर्दै उनले अबको चुनावमा एमालेले जित्ने गरी अहिलेको नेतृत्वले आफ्ना योजना र कार्यक्रमहरु अघि सार्नुपर्नेमा जोड दिए । ‘लोकतान्त्रिक पद्धतिका नाममा पछिल्लो समय मोरङमा भएको विभिन्न गतिविधिहरु ठीक नभएको राईको भनाइ छ।

उनले सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा केन्द्रीय लाइन भएको स्पष्ट पारे । हिजो जिल्लामा भएका कुराहरुलाई महानगर तथा वडाहरूसम्म लिएर जान खोजिएको भन्दै राईले असन्तुष्टि जनाएका छन् ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पार्टीको केन्द्रीय नीति र नेतृत्वमा समस्या नभए पनि अधिवेशनको बेला नेतृत्व चयनका विषयलाई लिएर असन्तुष्टिहरू आउनु सामान्य भएको बताए । असन्तुष्टिलाई नेतृत्वले मिलाएर लिएर जानुपर्ने उनको भनाइ छ। ‘नीति र नेतृत्वमा समस्या छैन,’ खतिवडाले भने, ‘अधिवेशनमा देखिएका समस्यालाई मिलाएर लैजानुपर्छ ।’

‘निर्वाचनमा हार्न वा जित्न सकिन्छ । तर, देखाइदिन्छु भन्ने हुँदैन’ खतिवडाले भने। त्यस्तै केन्द्रीय सदस्य जीवन घिमिरेले सबैले स्वीकार गर्ने नेतृत्वलाई चयन गरेर जानुपर्ने बताएका छन्।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.