
काठमाडौं । काठमाडौंको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट (निष्काशन) गर्ने निर्णय गरिएको छ ।
गत चैत १४ गते नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रमुख कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाएको थियो । उनले प्रदर्शनका क्रममा सरकारविरुद्ध नारा लगाएका थिए ।
घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए ।
पर्यटन भिसामा आएका उनले अध्यागमन ऐनविपरीत नाराबाजी गरेको र भिसा प्रयोजन विपरीतको काममा सहभागी भएको रिजालले जानकारी दिए। उनलाई हवाई टिकट पेश गर्न लगाएर अमेरिका फिर्ता पठाइएको छ ।

























