इटहरीमा ट्याक्टरले किचेर नाबालकको मृत्यु

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार ०७:१७

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१५ मा ट्याक्टरले किचेर नाबालकको मृत्यु भएको छ ।

प्र १–०२–००३ त ७०२ नम्बरको ट्याक्टरले किच्दा भारतको वेस्ट बंगाल घर भइ इटहरी–१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका ३ वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टा बाहिर खेलिरहेका नाबालकलाई इँटा लोड गरेर निस्किदै गरेको ट्याक्टरको पछाडिको चक्काले मंगलबार अपरान्ह १२ बजेतिर किचेको थियो ।

गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सुनसरीको इनरुवा नगरपालिका–६ का ४३ वर्षीय पुनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.